+
+
Shares

‘परान’ प्रवर्द्धन गर्न अमेरिकाबाट आइपुगिन् पूजा, काकुले गरे स्वागत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १० गते १३:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री पूजा चन्द अमेरिकामा बस्छिन् र आफ्नो नयाँ फिल्म 'परान' को प्रवर्धनका लागि सोमबार काठमाडौं आइपुगिन्।
  • फिल्म 'परान' शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ र यसमा पूजा चन्दले नीर शाहकी पत्नीको भूमिका निभाएकी छन्।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशक दीपक आचार्यले पूजा चन्दलाई स्वागत गर्नुभएको थियो।

काठमाडौं । अभिनेत्री पूजा चन्द अमेरिका बस्छिन् । आफूले अभिनय गरेका फिल्मको प्रवर्द्धन गर्न भने उनलाई भ्याइ नभ्याइ छ ।

पछिल्लो पटक ‘भूठान’मा देखिएकी चन्दको अर्को फिल्म ‘परान’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ ।

सोही फिल्मको प्रवर्द्धनका लागि चन्द सोमबार बिहान काठमाडौं उत्रिएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ ले स्वागत गरे ।

फिल्ममा उनले नीर शाहकी पत्नीको भूमिका निर्वाह गरेकी छिन् । अभिभावक र सन्तानबीचको स्नेहको कथा पेस गर्ने यो फिल्ममा शाहले शीर्ष भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?