+

एरिका कराते विश्व च्याम्पियनसिपका लागि छनोट

२०८२ कात्तिक  १० गते २१:४७ २०८२ कात्तिक १० गते २१:४७
एरिका कराते विश्व च्याम्पियनसिपका लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते स्टार एरिका गुरुङ आगामी मंसिर ११ देखि १४ गतेसम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन्।
  • वर्ल्ड कराते फेडेरेसनले नेपाल कराते महासंघलाई एरिकाको युनिभर्सालिटी कोटामार्फत छनोट भएको जानकारी गराएको छ।
  • नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले पनि कराते विश्व च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ।

१० कात्तिक, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङ आगामी नोभेम्बर २७ देखि ३० (मंसिर ११-१४ गते) सम्म इजिप्टको काइरोमा हुने कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।

यसअघि फ्रान्सको पेरिसमा भएको कराते विश्व च्याम्पियनसिप क्वालिफायरमा निर्णायक खेलमा चुक्दा छनोट हुन नसकेपनि एरिकाले युनिभर्सालिटी कोटामार्फत विश्व च्याम्पियनसिपमा स्थान बनाएका हुन् ।

वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) ले नेपाल कराते महासंघलाई पत्र लेख्दै एरिका युनिभर्सालिटी कोटामार्फत कराते विश्व च्याम्पियनसिपका लागि छनोट भएको जानकारी गराएको छ । अब नेपाल कराते महासंघले उनको सहभागिता पक्का हुने निर्णय पठाउनुपर्नेछ ।

यसअघि नेपालबाट महिला एकल कातामा सानुमाथा थिङले कराते विश्व च्याम्पियनसिप खेल्ने पक्का भइसकेको छ । उनी वरियताका आधारमा छनोट चरण नखेली सिधै विश्व च्याम्पियनसिपका लागि छनोट भएकी हुन् ।

एरिकासहित नेपालबाट चार खेलाडीले पेरिसका भएको क्वालिफायर खेलेका थिए । महिला ६८ केजीमाथि प्रतिस्पर्धा गरेकी एरिकाले त्यहाँ आफ्नो पुलको तीनवटै खेल जितेर पुल विनरको रुपमा नकआउट चरणमा स्थान बनाएकी थिइन् । तर अष्ट्रियन खेलाडीसँग ५-२ ले पराजित हुँदा त्यतिबेला उनी छनोट हुन असफल भएकी थिइन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय