+
+
Shares

जेनजी आन्दोलनपछि दर्ता भए २ वटा दल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १२:३९

११ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार जेनजी आन्दोलनपछि नै दर्ता हुन आएका सात वटा दल प्रक्रियािमा छन् । त्यसअगाडिका समेत गरी विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् ।

जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरू हुन-राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टी ।

केशवबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टीले गत असोज २४ गते आधिकारिता पाएको थियो । दीपककुमार साह अध्यक्ष रहेको जनस्वराज पार्टीले गत असोज २८ गते आधिकारिता पाएको थियो ।

अन्य विभिन्न १६ वटा दल दर्ताको प्रक्रियामा छन् । थप दलहरू पनि दर्ताको प्रक्रियामा जाँदैछन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु आजै दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग जाँदै छन् ।

निर्वाचन आयोगका अनुसार यही कात्तिक ३० गतेभित्र दल दतौ प्रमाणपत्र लिइसक्नुपर्नेछ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराई भन्छन्, ‘ कात्तिक ३० गते भनेको निवेदन दिने मिति होइन । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने मिति हो ।’

ढिलो गरी दल दर्ताको निवेदन आएको खण्डमा समस्या हुन सक्ने आयोगका अधिकारीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?