१२ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।
अमेरिकी राजदूत थम्पसनले मुलुकभर शान्ति र सुरक्षा कायम गर्न गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खेलेको भूमिकाको प्रशंसा गरेको उनको सचिवालयले जनाएकोृ छ ।
जवाफमा मन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन् ।
भेटमा अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
त्यसैगरी, मन्त्री अर्यालले निर्वाचन आयोगसँग सुरक्षा आवश्यकताका विषयमा निरन्तर परामर्श भइरहेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4