News Summary
Generated by OK AI. Editorially reviewed.- नेटफ्लिक्सको कथानक फिल्म 'अ हाउस अफ डायनामाइट' पछिल्लो साता सबैभन्दा धेरै हेरिने अंग्रेजी फिल्म बनेको छ।
- यो फिल्मलाई ९१ मुलुकको शीर्ष १० ट्रेन्डिङमा राखिएको छ र ४ करोड २४ लाख घण्टा हेरिएको छ।
- नेटफ्लिक्सको शीर्ष १० ट्रेन्डिङ अंग्रेजी र गैरअंग्रेजी फिल्महरूको सूची सार्वजनिक गरिएको छ।
जब अमेरिकामाथि क्षेप्यास्त्र प्रहार हुन्छ, तब को जिम्मेवार छ र कसरी प्रतिक्रिया दिने भनेर निर्धारण गर्ने दौड सुरु हुन्छ ।
यो सारांश नेटफ्ल्क्सिको कथानक फिल्म ‘अ हाउस अफ डायनामाइट’ को हो । क्याथरिन बिगेलद्वारा निर्देशित यो पल्टिकल–थ्रीलर फिल्म पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने अंग्रेजी फिल्म बनेको छ ।
विश्वभर हेरिएका नेटफ्ल्क्सिको शीर्ष १० ट्रेन्डिङ फिल्मको सूचीमा उक्त फिल्म शीर्षस्थानमा छ । १ घण्टा ५२ मिनेट रनटाइमको फिल्ममा एड्रिस एल्बाले अमेरिकी राष्ट्रपति, रेबेका फर्गुसनले ह्वाइट हाउस सिचुएसन रुमको वरिष्ठ अधिकारीको रूपमा, गेब्रियल बासो, जारेड ह्यारिस र ट्रेसी लेट्स लगायतले अभिनय गरेका छन् ।
यो फिल्मको निर्माण र वितरण नेटफ्ल्क्सिले नै गरेको हो । यो फिल्मलाई ४ करोड २४ लाख घण्टा समयावधि हेरिएको छ । यसको कूल भ्यूज २ करोड २१ लाख छ । ९१ मुलुकको शीर्ष १० ट्रेन्डिङमा छ ।
नेटफ्ल्क्सिको शीर्ष १० को सूची :
१) अ हाउस अफ डायनामाइट
२) द पर्फेक्ट नेबर
३) केपप डेमन हन्टर्स
४) द वुमन इन क्याबिन १०
५) द ट्विटस
६) डन्ट से अ वर्ड
७) टेकन इन प्लेन साइट
८) आइ नो ह्वाट यू डीड लास्ट समर
९) डेस्पिकेबल मी २
१०) द सेक्रेट लाइफ अफ पेट्स २
गैरअंग्रेजी विधातर्फ
१) द एलिक्जिर
२) कारामेलो
३) ट्वेन्टी सेभेन नाइट्स
४) अट्याक थर्टिन
५) दे कल हिम ओजी
६) इनसाइड फ्युरिओजा
७) सी वाक्स इन डार्कनेस
८) गुड न्यूज
९) ग्रेटर कलेस
१०) अ वुमन विथ नो फिल्टर
प्रतिक्रिया 4