+
+
Shares

एक महिनाभित्रै नियमित महाधिवेशन गर्न ६ महानगरका कांग्रेस सभापतिको माग

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १७:५०

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका ६ महानगरका सभापतिहरूले एकमहिनाभित्र नियमित महाधिवेशन गर्न माग गरेका छन् ।

काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्जका कांग्रेस सभापतिहरूले आफ्नो तहमा अधिवशेन गर्न तत्पर रहेको बताएका छन् ।

बुधबार ६ महानगर सभापतिले ललितपुरमा बैठक गरेर नियमित मागसहितको ध्यानाकर्षणपत्र केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्मालाई बुझाएका छन् । विशेष महाधिवेशनको माग समेत सम्बोधन हुने हुँदा नियमित महाधिवेशन गर्न उनीहरूले जोड दिएका छन् ।

६ महानगरका सभापतिले नियमित महाधिवेशन गर्न सकिने कार्यतालिकाको प्रस्ताव समेत राखेका छन् ।

दुई हप्ताभित्र सम्पूर्ण क्रियाशिल सदस्यता सम्बन्धी प्रक्रिया सक्ने, पहिलो ५ दिनभित्र वडादेखि क्षेत्रस्तरीयसम्मका अधिवेशनहरू गर्ने, दोस्रो अर्को ५ दिनभित्र जिल्ला र प्रदेशस्तरीय अधिवेशनको समय तोक्ने, तेस्रो ५ दिनभित्र केन्द्रीयस्तरको अधिवेशन सम्पन्न गर्न सम्भव रहेको उनीहरूले जनाएका छन् ।

६ महानगरका सभापतिहरू काठमाडौंका निलकाजी शाक्य, ललितपुरका शुभानन धाख्वा, पोखराका सुरेन्द्रमान विजुक्छे, विराटनगरका दीपक चापागाईं, भरतपुरका चित्रसेन अधिकारी र वीरगञ्जका मनिन्द्र नेपालीले नियमित महाधिवेशनको माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?