+
+
Shares

नर्सको आन्दोलनलाई संघको ऐक्यबद्धता, दुई घण्टा सेवा ठप्प

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १८:२८
फाइल फोटो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूले सरकारी सरह सेवा–सुविधा पाउन १५ बुँदे माग सहित आन्दोलन गरिरहेका छन्।
  • नेपाल नर्सिङ संघको आह्वानमा बुधबार दुई घण्टा अत्यावश्यक बाहेकका सेवा ठप्प पारिएको छ ।
  • स्वास्थ्य मन्त्रालयले नर्सहरुको न्यूनतम पारिश्रमिक सरकारीसरह लागू गर्न आग्रह गरे पनि निजी संस्थाले कार्यान्वयन नगरेको गुनासो छ।

१२ कात्तिक, काठमाडौं । निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरू केही दिनदेखि आन्दोलित छन् । सरकारीसरह सेवा सुविधा पाउनुपर्ने माग राख्दै निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरू आन्दोलन गरिरहेका छन् ।

नेपाल नर्सिङ संघले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुधबार दुई घण्टा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा ठप्प पारेको छ । संघको आह्वानमा देशभरका सरकारी तथा निजी अस्पताल तथा शिक्षण संस्थाहरुमा कार्यरत नर्सहरूले सेवा ठप्प पारेका हुन् ।

नर्सहरूले सेवा बन्द गरी आ-आफ्ना संस्थाको प्रांगणमा भेला भएर बिहान १० बजेदेखि १२ बजेसम्म प्रदर्शन गरेका थिए । सरकारी सरह पारिश्रमिक पाउनुपर्ने सहित नर्सिङ पेशाको हकहितका विषयमा १५ बुँदे माग राखेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरिसकेको छ । सरकारले यस्तो आग्रह पहिले पनि गरेको तर निजी अस्पताल तथा शिक्षण संस्थाहरूले कार्यान्वयन नगरेको गुनासो नर्सहरूको छ । सरकारीसरह पारिश्रमिक सहित सबै माग कार्यान्वयन नभएसम्म आन्दोलन नरोक्ने अडान नर्सहरूको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?