+
+
Shares

मलेसियाको नयाँ मापदण्डप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मलेसियाले म्यानपावर कम्पनीहरूका लागि तय गरेको १० बुँदे मापदण्डप्रति श्रम मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • मलेसियाले १५ नोभेम्बर २०२५ भित्र मापदण्ड पूरा गरेका कम्पनीहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
  • श्रम मन्त्रालयले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय लिने र नेपाली श्रमिकको हकहित सुरक्षित गर्ने बताएको छ।

१३ कात्तिक, काठमाडौं । मलेसियाले म्यानपावर कम्पनीहरूका लागि तय गरेको १० बुँदे मापदण्डप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले आज प्रेस विज्ञप्ति जारी गर्दै मलेसियामा नेपाली श्रमिक पठाउन निश्चित म्यानपावर कम्पनीहरूलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्ने प्रयास भइरहेको भन्ने समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा परराष्ट्र मन्त्रालयमार्फत मलेसियाको परराष्ट्र मन्त्रालयले श्रमिक व्यवस्थापनसम्बन्धी १० बुँदे मापदण्ड समेटिएको पत्र पठाएको उल्लेख छ ।

मलेसिया सरकारले १० बुँदे मापदण्ड पूरा गरेका म्यानपावर कम्पनीहरूको विवरण १५ नोभेम्बर २०२५ भित्र उपलब्ध गराउन अनुरोध गरेको छ । सोही व्यहोराको पत्र आज प्राप्त भएपछि श्रम मन्त्रालयले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय लिइने जनाएको छ ।

मन्त्रालयले भनेको छ, ‘नेपालको संविधान, वैदेशिक रोजगार ऐन तथा नियमावली, श्रम तथा रोजगार नीति, द्विपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय कानूनी प्रावधानका दायराभित्र रही सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय लिइनेछ ।’

नेपाली श्रमिकको हकहित सुरक्षित गर्नका लागि सरकारका सम्बद्ध निकाय र सरोकारवालासँग छलफल भइरहेको र आवश्यक कूटनीतिक पहल अघि बढाइएको छ ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र नियमित बनाउन श्रमिकका अधिकारलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम अघि बढाइरहेको जनाएको छ ।

नेपाल र मलेसिया बीच सन् २०१८ नोभेम्बर २९ मा भएको श्रम समझदारी नवीकरणको अन्तिम चरणमा पुगेको मन्त्रालयले स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?