 
																						फाइल तस्वीर								
											१४ कात्तिक, गोरखा । मनास्लु क्षेत्रमा ढुंगाले लागेर घाइते भएका एक जना पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन ।
चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।
प्रतिकूलमौसमका कारण हेलिकप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
‘टाउकोमा गम्भीर चोट छ, झन जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन,’ उनले भने ।
प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् ।
बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4