+
+
Shares

युवाका आकांक्षा धेरै छन्, सम्बोधन गर्दै जानुपर्छ : मन्त्री गुप्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १९:३२

१४ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले युवाका लागि प्रभावकारी र नतिजामुखी कदम चाल्नुपर्ने  बताएका छन् ।

मन्त्री गुप्ताले सरकार जेनजी आन्दोलनमा अभिव्यक्त युवाको भावना वमोजिम अघि वढ्ने बताए ।

शुक्रवार राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङ्मा निर्देशन दिँदै मन्त्री गुप्ताले भने, ‘युवाका आकांक्षा धेरै छन्, क्रमश: सम्बोधन गर्ने प्रयास गर्दै जानुपर्दछ ।’

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्रालय र परिषदका पदाधिकारी सहभागी थिए ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले  ७५३ वटै पालिकामा स्थानीय युवा परिषद गठन गर्नुपर्ने वताए। वस्नेतले परिषदद्वारा युवाको नेतृत्व विकास र उद्यमशीलता विकासमा जोड दिइँदै आएको बताए ।

बस्नेतले युवाको अपेक्षा र युवा परिषद्को स्रोत साधनबीच ठूलो खाडल रहेको जनाए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले सवै स्थानीय तहमा युवा परिषद गठन गरेर युवामैत्री स्थानीय शासन प्रवर्द्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले परिषदको परिचयसहित गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको कार्यक्रम विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?