+
+
Shares

जग्गा रजिष्ट्रेशन नहुँदा प्रादेशिक अस्पतालको विकास रोकियो

अस्पतालमा हाल आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकहरूको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ । १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताए।

रासस रासस
२०८२ कात्तिक १४ गते १९:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माण रोकिएको छ।
  • अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने रु एक करोड ३१ लाख ५५ हजार ८९६ लाभकर मिनाहा गर्न संघीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस एक वर्षदेखि निर्णय हुन सकेको छैन।
  • युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी नाममा पास गर्न मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

१४ कात्तिक, सिरहा । सिरहाको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिष्ट्रेशन नहुँदा भौतिक संरचना निर्माणका काम रोकिएका छन् ।

अस्पतालमा हाल आधुनिक प्रयोगशाला, डायलाइसिस र विभिन्न विभागका चिकित्सकहरूको सक्रियतामा दैनिक ३०० भन्दा बढी बिरामीको जाँच भइरहेको छ । १५ शय्याबाट एक सय शय्यामा विस्तार भएको अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा अवरोध भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) रञ्जितकुमार झाले बताए।

उनका अनुसार अस्पतालको जग्गा रजिष्ट्रेशनका लागि लाग्ने लाभकर मिनाहाका लागि सङ्घीय सरकारको अर्थ मन्त्रालयमा सिफारिस गरिएको एक वर्ष नाघिसक्दा पनि निर्णय हुन सकेको छैन। ‘लाभकर मिनाहाको निर्णय नभएकै कारण रजिष्ट्रेशन गर्न सकिएको छैन’, उनले भने ।

विसं २०३७ मा लहानका दाताद्वय रामकुमार शारडा र उमाप्रसाद मुरारकाका परिवारले अस्पतालका लागि एक बिघा १५ कठ्ठा जग्गा दिएका थिए। दाता परिवारको तर्फबाट मुरारीलाल मुरारका जग्गा अस्पतालकै नाममा रजिष्ट्रेशन गर्न तयार भए पनि त्यसका लागि रु एक करोड ३१ लाख ५५ हजार ८९६ लाभकर लाग्ने भएपछि मिनाहाका लागि पहल भइरहेको अस्पताल विकास समितिका अध्यक्ष राम नारायण मेहताले जानकारी दिए ।

‘यो लाभकर मिनाहा हुन सकेमा जग्गा अस्पतालकै नाममा दर्ता भई थप पूर्वाधार विकासको बाटो खुल्नेछ’, अध्यक्ष मेहताले भने, ‘हाल कर मिनाहा नभएकै कारण जीर्ण भवन मर्मत, चिकित्सक आवास, नयाँ भवन निर्माण र सिटी स्क्यान सञ्चालनजस्ता योजना अघि बढ्न सकेका छैनन्।’

उनका अनुसार अस्पताल विकास समितिले प्रदेश, सङ्घ र स्थानीय सरकारसँग निरन्तर समन्वय गरी रजिष्ट्रेशन प्रक्रिया छिटो टुङ्ग्याउने गृहकार्य अघि बढाइरहेको छ।

सिरहा, सप्तरी र उदयपुर जिल्लाका बिरामीका लागि सेवा दिइरहेको यो अस्पताल क्रमशः तीन जिल्लाको स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ।

बिरामीको चाप बढ्दै जाँदा अस्पतालको स्तरोन्नति र आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीयवासीहरूले सक्रियता देखाउन थालेका छन्। स्थानीय सरोकारवाला, जनप्रतिनिधि र नागरिक समाजले अस्पतालको जग्गा रजिष्ट्रेशन तत्काल गर्न माग गर्दै निरन्तर दबाब दिइरहेका छन्।

यसैबीच, गत मङ्गलबार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता गृह जिल्ला आउँदा अस्पताल प्रशासन र यहाँका जेनजी युवाहरूले संयुक्त रूपमा मन्त्रीलाई अस्पतालको जग्गा राजस्व कर मिनाहा गरी अस्पतालकै नाममा पास गर्न आवश्यक पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए।

अध्यक्ष मेहताका अनुसार, मन्त्री गुप्ताले यस विषयमा साझा पहल आवश्यक रहेको बताउँदै मन्त्रिपरिषद् बैठकमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?