+
+
Shares

सरोज शर्मा हत्या : कार जलेको भेटियो, गाडिएको अवस्थामा शव

हत्याको कारण खुलेको छैन । हत्यामा संलग्नहरु लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको दाबी छ ।

हरि अधिकारी हरि अधिकारी
२०८२ कात्तिक १५ गते १४:४७

१५ कात्तिक, विराटनगर । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुई दिनअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बर कार जलेको अवस्थामा फेला परेको थियो ।

शनिबार बिहान झापा गाउँपालिका ५ मा पर्ने विरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शव फेला परेको हो ।

कार भेटिएको स्थानदेखि शव भेटिएको स्थान करिब २०/२२ किलोमिटर टाढा छ ।

खड्काका अनुसार घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । अन्यको पनि संलग्नता हुनसक्ने देखिएको बताउँदै उनले अनुसन्धान भइरहेको बताए ।

मृतक ३३ वर्षीय शर्मा कात्तिक ९ गते आफ्नो बाग्मती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कारमा साथीलाई भेट्न जाने भन्दै निस्कीएका थिए । तर, उनी फर्किएनन् । भोलिपल्ट आफन्त खोजीका लागि प्रहरी कार्यालय पुगेका थिए ।

बेपत्ता रहेकै अवस्थामा बिहीबार बिहान चारआली-भद्रपुर सडक खण्डमा पर्ने हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा कार फेला पर्‍यो ।

आईटीको काम गर्ने शर्मा काठमाडौं बस्दै आएका दिए । दसैँ-तिहार मनाउनका लागि घर आएका उनी छठपछि काठमाडौं फर्कने तयारीमा थिए । तर, छठमै बेपत्ता भएका उनको शव विरिङ पुलमुनि गाडेर माथिबाट टिनले छोपिएको अवस्थामा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा हत्या ३-४ दिनअघि नै हत्या भएको जस्तो देखिने प्रहरीले बताएको छ ।

हत्याको कारण खुलेको छैन । हत्यामा संलग्नहरु लागुऔषध प्रयोगकर्ता भएको प्रहरीको दाबी छ । ‘अनुसन्धान जारी छ, पक्राउ परेकाहरुसँग बुझिरहेका छौं’, झापाका डिएसपी खड्काले भने, ‘सबै विषय खुलिसकेको छैन ।’

उनका अनुसार पक्राउ परेका मध्ये एक जना प्रतिवादीको हात डढेको छ । गाडी जलाउने क्रममा उनको हात जलेको थियो ।

प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक भएको छैन । उनीहरुकै बयानका आधारमा शव खोज्न प्रहरी हुलाकी राजमार्गको विरिङ पुलमुनि पुगेको थियो । पुलमुनि कपडा लगाएकै अवस्थामा गाडिएको शव भेटिएको थियो ।

आरोपीको घर र टेम्पो तोडफोड

शर्माको शव फेला परेपछि आक्रोशित स्थानीयले माईधारमा एउटा घर तोडफोड गरेका छन् । शिवसत्ताक्षी-१० माईधार चोकमा एउटा टेम्पो पनि तोडफोड भएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका राहुल साहको घरमा शनिबार बिहान तोडफोड भएको हो । डीएसपी खड्काका अनुसार एउटा घरको झ्यालको सीसा र अन्य सामन तोडफोड भएको छ । मृतकको शव बोक्नलाई प्रयोग गरेको आशंकामा आक्रोशित भिडले एउटा टेम्पो पनि तोडफोड गरेको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?