१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशन हुने स्थान परिवर्तन गरेको छ ।
यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको छ ।
शनिबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमा नै गर्ने निर्णय गरेको हो ।
‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं । महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भएको छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4