+
+
Shares

डाइभर्सन बनेपछि ३ दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग

सावधानी अपनाएर यात्रा गर्न प्रशासनले अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १२:४१

१६ कात्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक रोशी–८ चारसयबेँसी र रोशी–११ पिप्लेमा डाइभर्सन निर्माणपछि बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा गएको पहिरो र लेदोका कारण तीन दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

रोशी–११ पिप्ले र रोशी–८ चारसयबेँसीमा डाइभर्सन निर्माणपछि आज पौने १२ बजेदेखि बीपी राजमार्ग सञ्चालनमा आएको हो । चारसयबेँसीमा रहेको नाङ्साल क्रसरनेर सडक माथिबाट सुक्खा पहिरो निरन्तर आइरहेकाले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । राजमार्गको रोशीखोला छेउमा डाइभर्सन बनाएर राजमार्ग सञ्चालनमा आएको हो ।

लगातारको वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा, चारसयबेँसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेँसी, बिरुवाडाँडा, डालाबेँसी लगायत स्थानमा लेदोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।

माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाइभर्सनमा लेदोसहित बाढी पसेर अवरुद्ध भएको थियो ।

डाइभर्सन निर्माण भए पनि रोशी खोलाको किनारा र माथिबाट आउने सुक्खा पहिरोका कारण सावधानी अपनाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

गत वर्ष असोज १०, ११ र १२ को वर्षाले बीपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाइभर्सन निर्माणपछि यातायात सुचारु गरेको थियो ।

उक्त डाइभर्सन पनि असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले पुर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?