+
+
Shares

जन्मदिनमा शाहरुख खानले सार्वजनिक गरे ‘किङ’ को पहिलो झलक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १२:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता शाहरुख खानले आफ्नो ६० औं जन्मदिनमा बहुप्रतीक्षित फिल्म ‘किङ’ को टिजर सार्वजनिक गरेर प्रशंसकलाई उपहार दिएका छन्।
  • फिल्म ‘किङ’ को टिजरमा शाहरुखले संवादमा भनेका छन्, 'मलाई याद छैन मैले कति हत्या गरें । मैले कहिल्यै सोधिन कि ती असल थिए कि नराम्रो ।'
  • ‘किङ’ फिल्म रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सको ब्यानरमा सन् २०२६ मा रिलिज हुनेछ र शाहरुखलाई नयाँ लुकमा प्रस्तुत गरिनेछ।

मुम्बई । आइतबार ६० औं जन्मदिन मनाइरहेका बलिउड अभिनेता शाहरुख खानले प्रशंसकलाई उपहार दिएका छन् ।

त्यो उपहार, उनको बहुप्रतीक्षित फिल्म ‘किङ’को टिजर सार्वजनिक गरेर ।

रेड चिलीज इन्टरटेनमेन्ट र सिद्धार्थ आनन्दले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा फिल्म ‘किङ’ को भव्य शीर्षक र शाहरुखको पहिलो लुक सार्वजनिक गरेका हुुन् ।

लुक शाहरुखदको संवादबाट सुरु हुन्छ, जसमा उनले भनेका छन् ः

‘मलाई याद छैन मैले कति हत्या गरें । मैले कहिल्यै सोधिन कि ती असल थिए कि नराम्रो । उनीहरूको आँखामा यस्तो भावना थियो कि यो उनीहरूको अन्तिम सास थियो, र म नै कारण थिएँ । १०० देशहरूमा कुख्यात हजारौं अपराधहरू, तर संसारले मलाई एउटा मात्र नाम दियो । म डराउँदिन, म आतंक हुँ । यो देखाउने समय हो’

रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सको ब्यानरमा निर्मित, फिल्म “किङ“ सन् २०२६ मा रिलिज हुनेछ । फिल्ममा शाहरुखलाई यसअघि नदेखिएको लुकमा प्रस्तुत गरिनेछ, जसको पहिलो झलक पहिले नै सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?