News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको डुवर्समा निर्माण गरिएको नेपाली भाषाको फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।
- फिल्म ‘धागो’ मा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइ र सामाजिक दुरावस्थाको मार्मिक चित्रण गरिएको छ।
- फिल्म ‘धागो’ २८ कात्तिक २०७९ मा नेपाल र भारतमा प्रदर्शन तयारीमा छ।
काठमाडौं । भारतको डुवर्समा निर्माण गरिएको नेपाली भाषाको फिल्म ‘धागो’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरले कथावस्तुको भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका समस्या र सामाजिक दुरावस्थाको मार्मिक चित्रण छ ।
ट्रेलरमा सन्तानको सपना र इच्छा पूरा गर्न आमाबुवाले गर्ने अथक प्रयत्नलाई पनि दर्शाइएको छ । गहन कथावस्तुस कमेडी पनि समावेश गरिएको छ ।
उदीप राना थापा निर्देशित यो फिल्म नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ ।
फिल्मको शीर्ष भूमिकामा अभिनेत्री सुरक्षा पन्त देखिएकी छन् । उनीसँगै प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतको पनि अभिनय छ । अभिनेत्री वर्षा राउत केमियो भूमिकामा देखिनेछिन् ।
म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्सन हाउसले फिल्म निर्माण गरेको हो । उमा थापा, उत्तम थापा र निर्देशक थापा निर्माताको रुपमा छन् । छायाङ्कन अनिकेर एम घोघले गरेका हुन् ।
फिल्म ‘धागो’ २८ कात्तिक (१४ नोभेम्बर) मा नेपाल र भारतमा प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4