+
+
Shares

शल्यक्रियापछि लोकगायक थापाको स्वास्थ्यमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकगायक रेशम थापाको टाउकोको शल्यक्रिया पछि स्वास्थ्यमा क्रमिकरुपमा सुधार भएको छ।
  • उनलाई केही दिनअघि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो र चिकित्सकले एक साता आराम सल्लाह दिएका छन्।
  • उनले निको भएपछि पुनः गीतसंगीतमा सक्रिय हुने बताएका छन् र उनका दर्जनौँ गीतहरू हिट छन्।

काठमाडौँ । पक्षघातले थलिएका लोकगायक रेशम थापाको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भएको छ ।

केही दिनअघि उनको टाउकोको शल्यक्रिया गरिएको थियो । छोरी विमला थापाका अनुसार लोकगायकको स्वास्थ्यमा अहिले सुधार छ ।

३ –४ वर्षदेखि गायक थापा पक्षघातले पीडित थिए । एक शल्यक्रियापछि शरीरको आधा भाग चलेको थियो । शरीरको बाँकी भाग पनि चल्नका लागि टाउकोको शल्यक्रिया गरिएको हो ।

शल्याक्रियाका लागि उनलाई केही दिन अघि सिनामंगलस्थित केएमसी अस्पताल भर्ना गरिएको थियो ।

उनी अहिले अस्पतालमै आराम गरिरहेका छन् । छोरी बिमलाका अनुसार चिकित्सकले अझै एक साता आराम गर्न सल्लाह दिएका छन् ।

निको भएपछि पुनः गीतसंगीतमै सक्रिय हुने रेशमले बताएका छन् ।

‘रुमालै छ चिनो’, ‘नउने मखमली’, ‘साइँली खानी खोला बाचेमा भेट होला’ लगायत दर्जनौँ गीत हिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?