+
+
Shares

उपदान र पेन्सन कोषको २ अर्ब ६० करोड निक्षेप राख्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्दती निक्षेप राख्ने भएको छ।
  • निक्षेप राख्ने आवेदन २३ कात्तिक अघि केन्द्रीय बैंकमा बुझाउनुपर्ने र निक्षेप २३ कात्तिकमा परिपक्व हुने छ।
  • निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा २ वर्ष पूरा, न्यूनतम पूँजी र खराब कर्जा मापदण्ड पूरा गर्नुपर्ने केन्द्रीय बैंकले सर्त राखेको छ।

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ ।

आइतबार सूचना जारी गर्दै केन्द्रीय बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेप राख्न लागेको हो ।

बैंकले २३ कात्तिकदेखि निक्षेप राख्ने जनाएको छ । बैंक वित्तीय संस्थामा राखिने उक्त निक्षेप २३ कात्तिकमा परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ ।

त्यसका लागि बैंक तथा वित्तीय संस्थाले मंगलबारसम्म केन्द्रीय बैंकमा आवेदन बुझाइ सक्नुपर्ने छ ।

केन्द्रीय बैंकले उक्त रकममध्ये २ अर्ब ८ करोड रुपैयाँ वाणिज्य बैंक, राष्ट्रियस्तरको विकास बैंकमा ३९ करोड र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा १३ करोड निक्षेप राख्ने जनाएको छ ।

यसरी राखिएको निक्षेपको ब्याजदर भने त्रैमासिक भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

त्यसका लागि केन्द्रीय बैंकले सर्त पनि राखेको छ । केन्द्रीय बैंकले राख्न खोजेको निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्छ । त्यसैगरी न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायत सर्त केन्द्रीय बैंकले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?