+
+
Shares

काठमाडौंमा आईसीसीसीको मल्टिडेस्टिनेशन एजुकेशन समिट

समिटमा क्यानडा, अस्ट्रेलिया, बेलायत र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका २५ भन्दा बढी प्रतिनिधि संस्थाहरूको सहभागितामा एजुकेशन समिट आयोजना गरिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २५ गते १९:००

काठमाडौँविश्वका प्रतिष्ठित विश्वविद्यालयहरू एउटै छानामुनि भन्ने मूल नाराका साथ इण्टरनेशनल करियर काउन्सेलिङ सेन्टरले मल्टिडेस्टिनेशन एजुकेशन समिट २०२५ काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

समिटमा क्यानडा, अस्ट्रेलिया, बेलायत र अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका २५ भन्दा बढी प्रतिनिधि संस्थाहरूको सहभागितामा एजुकेशन मिट आयोजना गरिएको हो।

आईसीसीसीका प्रबन्ध निर्देशक राम खड्काले ३ सयभन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले प्रत्यक्ष रूपमा सहभागिता भएको बताए । उनले भने, ‘अन्तराष्ट्रिय शिक्षाको अवसरको खोजीमा रहेका नेपाली विद्यार्थीलाई आकर्षित गर्न आयोजना गरिएको हो।

क्यानाडाका विश्वविद्यालय र कलेजहरूबाट सहभागी हुनेमध्ये लेकहेड युनिभर्सिटीकी मिस गरिमा नारङ, रोयल रोड्स युनिभर्सिटीकी मिस स्वेता शर्मा, युनिभर्सिटी अफ विन्डसरका मिस्टर पवनदीप सिंह, युनिभर्सिटी क्यानडा वेस्टयुनिभर्सिटी अफ नायग्रा फल्स क्यानडाका मिस्टर नेत्र प्रसाद कोइराला, ट्रिनिटी वेस्टर्न युनिभर्सिटीका मिस्टर नवनीत सिंह, सेन्टेनियल कलेजका मिस्टर बिनिन नालेन्डा, साउल्ट कलेजका मिस्टर उपेन्द्र एस. चौधरी, एसएआईटीका मिस्टर परमहवीर चक्रवर्ती, सेरिडन कलेजका मिस्टर नितेश जंग कार्की, जर्जियन कलेजका मिस्टर रोहन रावत, डरहम कलेजका मिस्टर जीशान कमाल, क्याम्ब्रियन कलेजका मिस्टर सौरभ वर्मा, जर्ज ब्राउन कलेजका मिस्टर विवेक यादव, र फ्लेमिङ कलेजका मिस्टर अजित सिंहलगायतका प्रतिनिधिहरू उपस्थित थिए

त्यस्तै, अस्ट्रेलियाबाट नेशनल एकेडेमी अफ प्रोफेसनल स्टडिजका मिस्टर खेमराज तिम्सिनाएप्लाईबोर्डका मिस्टर प्रफुल्ल पराजुलीले आफ्नो प्रस्तुति दिएका थिएकार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक राम खड्काले नेपाली विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट शैक्षिक अवसरहरूसँग जोड्ने आईसीसीसीको प्रयासमा सबैको सक्रिय सहभागिताको लागि आभार प्रकट गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?