News Summary
Generated by OK AI. Editorially reviewed.- गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठानले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल गरेका छन्।
- बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, प्रक्रिया र आवश्यक संयन्त्रबारे छलफल भएको छ।
- विदेशमा मतदानका लागि कानुनी अवस्था, अन्य मुलुकको अनुभव र सुरक्षा चुनौतीबारे प्रारम्भिक छलफल गरिएको छ।
१६ कात्तिक, काठमाडौं। गृहमन्त्रालयमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल भएको छ ।
आइतबार गृह मन्त्रालय र नेपाल नीति अध्ययन प्रतिष्ठान बैठकमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने बिषयमा छलफल भएको हो ।
गृह मन्त्रालयका तर्फबाट ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगाल, मन्त्रालय अन्तर्गतको कानून महाशाखाका सहसचिव र प्रतिष्ठानका तर्फबाट कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्मा, डा. दिपक खड्का सहितको टोली सहभागी उक्त बैठकमा विदेशबाट मतदानको सम्भावना, मतदाता नामावली, मतदानको प्रक्रिया र यसलाई सम्भव पार्नका लागि आवश्यक संयन्त्र, कानून, र अन्य आवश्यकताकाबारे छलफल गरिएको स्रोतले बतायो।
स्रोतका अनुसार विदेशमा रहेका नागरिकको मतदानका विषयमा विद्यमान कानुनी अवस्था, अन्य मूलुकको कार्यान्वयन अनुभव र चुनौतीहरू बारे प्रारम्भिक छलफलका लागि प्रतिष्ठानलाई आमन्त्रण गरिएको थियो।
बैठकमा आउट अफ कन्ट्री भोटिंग (OCV) का विषयमा नीति प्रतिष्ठानले अघि बढाएको अनुसन्धानको कार्यप्रगति र प्रयोग हुन सक्ने विधिहरू प्रस्तुत गरिएको थियो।
विदेशमा हुने मतदान प्रक्रिया, हुन सक्ने सुरक्षा चुनौती, आवश्यक जनशक्ति र यसका कार्यान्वयनका लागि निर्माण हुनुपर्ने राजनीतिक वातावरण आदि विषयका बारेमा समेत चर्चा भएको थियो।
प्रतिक्रिया 4