+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

अर्थमन्त्रीसँग राजदूतले भने : नेपालमा कोरियाको छुट्टै भिसा सेन्टर खुल्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कोरिया गणतन्त्रका राजदूत पार्क ते यङबीच दुईपक्षीय कूटनीतिक सम्बन्ध र आर्थिक साझेदारीबारे भेटवार्ता भएको छ।
  • राजदूत यङले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकारबीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र समन्वयका लागि खुसी व्यक्त गर्नुभएको छ।
  • कोरियाले नेपाली कामदारलाई रोजगारीका लागि छुट्टै भिसा सेन्टर स्थापना गर्ने र उद्यमशिलताका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको छ।

१७ कात्तिक, काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङ बीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गरे ।

उनले कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यबाद व्यक्त गरे । साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमहरूको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताए ।

भेटको अवसरमा राजदूत यङले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र उक्त अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय तथा सहकार्यका लागि खुसी व्यक्त गरे ।

कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनको प्रवर्द्धनका लागि आवश्यक सहजीकरण गर्ने उनले बताए । नेपाली कामदारलाई कोरिया रोजगारीका लागि लैजान सहज होस भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको समेत जानकारी गराए ।

राजदूत यङले ईपीएस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकको उद्यमशिलता प्रवर्द्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंक मार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?