+
+
Shares

महानगरले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक कार्यालयमा गृहमन्त्री, मनोबल नघटाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १५:०१

१७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा गृहमन्त्री ओमप्रकाश अर्यालले निरीक्षण गरेका छन् ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै आइतबार महानगर प्रहरीको टोली डोजर लिएर भत्काउन पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयको पत्रपछि महानगर प्रहरीले उक्त कार्यालय नभत्काइ फर्किएको थियो ।

यसैबीच सोमबार गृहमन्त्री अर्याल उक्त प्रहरी कार्यालय पुगेका थिए ।

सुरक्षा निकायको मनोबल बढाउन गृहमन्त्री अर्याल आफैं फिल्डमा खटिएको उनको सचिवालयले बताएको छ । उनले त्यहाँ पुगेर प्रहरी कार्यालयमा आक्रमण गर्नु उचित नभएको बताए ।

जेनजी आन्दोलनपछि देशभरका कार्यालय तोडफोड र आगजनी भोगेको प्रहरी प्रशासन त्यसयता त्रसित छ । यस्तो अवस्थामा प्रहरी कार्यालयमा डोजर चलाउनु उपयुक्त नभएको गृहमन्त्री अर्यालको भनाइ छ ।

सो क्रममा मनोवल बढाउनेगरी गृहमन्त्री अर्याल सोमबार बालाजु, कालिमाटी र थापाथलीमा रहेका वृत्त पुगेर अवलोकन गरेका हुन् ।

सो क्रममा उनले प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर सुरक्षाको काममा खटिन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?