+
+
Shares

जेनजी आन्दोलन : काठमाडौंबाट मात्रै १५९ पक्राउ, ८२ जना हिरासतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १७:२८

१७ कात्तिक, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा उत्रिएकामध्ये काठमाडौंबाट मात्रै १५९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म १५९ जनालाई पक्राउ गरिएको हो । ती मध्ये अहिले परिसरको हिरासतमा ८२ जना छन् ।

बाँकी भने केही तारेखमा छुटेका छन्, केहीको अदालतमा मुद्दा गएर आदेश समेत भइसकेको छ ।

पक्राउ पर्नेहरूमा हत्यादेखि, चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव, अभद्र व्यवहारसम्मका आरोपीहरू छन् ।

आन्दोलनको क्रममा महत्त्वपूर्ण प्रतिष्ठानदेखि व्यक्तिका नीजि सम्पत्तिहरुमा तोडफोड र आगजनी भएको थियो । उनीहरूलाई अहिले प्रहरीले धमाधम पक्राउ गरेर कारबाही गर्दै आएको छ ।

पक्राउ परेकामध्ये प्रहरी हत्या गर्ने पाँचसहित आठ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?