+
+
Shares
दोलखा हिमपहिरो अपडेट :

मौसम प्रतिकूलताले घटनास्थल पुग्न सकेन हेलिकप्टर, भोलि मात्रै जाने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १८:३२
प्रतीकात्मक तस्वीर

१७ कात्तिक, काठमाडौं । प्रतिकूल मौसमका कारण दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारमा कठिनाइ भएको छ ।

खोजी तथा उद्धारका लागि काठमाडौंबाट गएको हेलिकप्टर घटनास्थल नपुगी नाँ गाउँमा अवतरण भएको दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘घटनाबारे जानकारी पाउनेवित्तिकै प्रहरीको उद्धार टोली घटनास्थल तर्फ गएको थियो । काठमाडौंबाट समेत खोजी तथा उद्धारका लागि हेलिकप्टर गएको थियो । तर, प्रतिकूल मौसमका कारण हेलिकप्टर समेत नाँ गाउँमा अवतरण गर्नुपरेको छ ।’

रात परिसकेको र घटनास्थलमा तीव्र गतिमा हावा चलिरहेकाले भोलि मंगलबार बिहानदेखि मात्रै खोजी तथा उद्धारका लागि टोली घटनास्थलतर्फ जाने डीएसपी महतोले बताए ।

नेपाली गाइड सहित सोमबार बिहान ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो ।

डीएसपी महतोका अनुसार हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी नाँ गाउँमा ल्याइएको छ । अन्य ८ जना भने सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?