१८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले विकसित परिस्थितिमा पार्टीको संस्थागत उपस्थिति नदेखिएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनको शैलीप्रति प्रश्न उठाएको छ ।
महामन्त्री डा. धवलशमसेर राणाको नेतृत्वमा मंगलबार बसेको बैठकले राजनीति घटनाक्रममा राप्रपा मध्यस्थकर्ता हुन नसकेकोप्रति असन्तुष्टि व्यक्ति गरिएको छ ।
राजा र अन्य सरोकारवालाबीच मध्यस्थताको पुल बन्न नसक्नुले राप्रपाको उपादेयता र विश्वसनीयता माथि नै पार्टीभित्र र बाहिर एकैपटक प्रश्नचिन्ह खडा भएको उल्लेख गरिएको छ ।
गत १५ चैत र जेठमा भएको राजसंस्था पुनर्स्थापनाका आन्दोलनहरू तुहाउने कार्यमा नेतृत्व लागेको भन्ने आमधारणा बन्न गएको असन्तुष्ट पक्षको बुझाइ छ ।
अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण गराइएको पत्रमा भनिएको छ, ‘हाम्रो पार्टी कहिले सचेत भएन । यस्ता असंगत कार्यबाट सबैमा निराशा बढ्न गयो ।’
बैठकले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा अध्यक्ष देखिनुलाई विरोधाभासी तर्कको संज्ञा दिएको छ ।
‘देशको अभिभावक संवैधानिक राजसंस्था राष्ट्रप्रमुख रहने प्रचलित संसदीय व्यवस्थामा विना अध्ययन, हचुवाका भरमा अध्यक्षात्मक राज्य प्रणालीमा मात्रै हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग राख्नु अमिल्दो र विरोधाभासी कुरा हो,’ अध्यक्षलाई गरिएको ध्यानाकर्षणमा भनिएको छ ।
अध्यक्ष लिङ्देनले जिम्मेवारी नेताहरूलाई विधाान विपरीत पदमुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘यस्ता स्वेच्छाचारी कारवाहीको लामो सूची बनीसकेको छ । एकता भाँड्ने, पार्टीमा विग्रह ल्याउने यस्ता गलत रवैया सच्याउनु जरुरी छ,’ अध्यक्षलाई सचेत बनाइएको छ ।
मन नपरेको मान्छेलाई आन्तरिक चुनावमा हराउने पूर्ण छुट हुँदाहुँदै निर्वाचन संहिता र विधान पालना नगरी नेता कार्यकर्तालाई किनारा लगाएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
महाधिवेशनको मिति तोक्न, विधानविपरीत भएका निलम्वन, निष्कासन र कारवाही सम्बन्धी निर्णय फिर्ता गर्न, निष्पक्ष र सरल रुपमा महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति र पर्यवेक्षकको टोलीमा सन्तुलन कायम हुने गरी सदस्यहरु थप्न र पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्ष सहितको विवाद समाधान समिति गठन गर्न माग गरिएको छ ।
अध्यक्षलाई सम्बोधन गरी राखिएको मागपत्र :
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4