News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जारी २' को एड्भान्स टिकट बिक्री नेपालका हलले शुक्रबारदेखि खुलाउन थालेका छन्।
 - मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ शोज पाएको छ र विहिबारसम्म २०० देखि ३०० हाराहारी शोज हुनसक्ने अनुमान छ।
 - अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरनेसनलले अमेरिका, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकको रिलिज तालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
 
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘जारी २’ को एड्भान्स टिकट बिक्री नेपालका हलले खुलाउन थालेका छन् ।
प्रारम्भिक शोज तालिका हेर्दा मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ शोज पाएको छ । विहिबार बेलुकासम्म कम्तीमा २०० देखि ३०० हाराहारीमा शोज हुनसक्ने अनुमान गर्न सकिन्छ ।
सोही दिन रिलिज हुने अर्को फिल्म ‘मन बिनाको धन’ले न्यून शो पाएको देखिन्छ । हलले एक/एक शोको अनुपातमा टंक बुढाथोकी निर्देशित फिल्मलाई शो दिएका छन् ।
यो शोज संख्या अन्तिम भने होइन, यसको लागि विहिबार बेलुकासम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ ।
‘जारी’ को दोस्रो श्रृंखलालाई लिएर तीव्र प्रतीक्षा छ । दुईवर्षअघि रिलिज भएको पहिलो भागले २ करोड १५ लाख नेरु ग्रसको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबारको कमाइ पनि २ करोडभन्दा माथि थियो ।
फिल्मको लाइफटाइम कलेक्सन १७ करोड ४८ लाख थियो ।
बक्सअफिस विरासत बोकेको ‘जारी’को दोस्रो श्रृंखलासँग दर्शकीय अपेक्षा पनि उत्तिकै छ ।
फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय रिलिज तालिका र विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
वितरक रमेश ढकालले अमेरिका, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकको हल, शोज संख्या सार्वजनिक हुने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4