१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार, उनी मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् ।
अदालतको फैसला कार्यान्वयन गर्न प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दामा १ वर्ष जेल र ५ हजार जरिवाना तोकिएको थियो ।
उनको उक्त मुद्दाबारे यसअघि बसेको एमाले सचिवालय बैठकमा पनि कुरा उठेको थियो । सचिव योगेश भट्टराईले सांस्कृतिक विचलनबारेको विषय उठाउँदै निलम्बन गर्नुपर्ने बताएका थिए ।
यद्यपि अध्यक्ष ओलीले भने यो विषय सामान्य भएको बताएका थिए । शेर्पालाई निलम्बन नगर्ने अडानमा ओली टसमस भएका थिएनन् ।
अशोक राईसँग छुटेर पछि उनी डा. बाबुराम भट्टराईको पार्टीमा लागेका थिए । पछि माओवादी केन्द्र हुँदै एमालेमै लागेका थिए ।
प्रतिक्रिया 4