+
+
Shares

प्रचण्ड-माधवसहितको एकता घोषणा सभामा पुगे झलनाथ खनाल

उनले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १३:५८
तस्वीर : चन्द्रबहादुर आले

१९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

काठमाडौंको भृकुटिमण्डपमा केहीबेर अघिदेखि विभिन्न कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ ।

उक्त एकता घोषणा कार्यक्रमम खनाल पनि पुगेका हुन् । उनले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए ।

नयाँ दल दर्ता गर्ने बताएका खनाल अन्तत: प्रचण्ड–माधवसहितको एकतामै सहभागी हुन पुगेका हुन् ।

यसअघि उनी हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?