१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायाणकाजी श्रेष्ठले आजको एकता घोषणा कम्युनिस्ट आन्दोलनले समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बनाउनुपर्ने बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सभामा सम्बोधन गर्ने क्रममा श्रेष्ठले यस्तो बताएका हुन् ।
‘यो पार्टी एकता नेपाली कम्युनिस्ट आन्दोलनको समग्र एकीकरण र पुनर्गठनको प्रस्थानविन्दु बन्नुपर्छ,’ उनले भने, ‘आजको एकता घोषणा गरिरहँदा हामी पार्टीहरूभित्रकै कतिपय साथीहरू बाहिर हुनुहुन्छ । उहाँहरूलाई पनि यसमा ल्याउनुपर्छ ।’
साथै, उनले सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकता गर्न पहल गर्नुपर्ने बताए ।
‘हामीले अहिले संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि जुन खतराको अवस्था छ । सच्चा लोकतन्त्रवादीहरूसँग संयुक्त एकता गर्न पहल गर्नुपर्नेछ,’ उनले भने, ‘वैचारिक सांस्कृतिक समस्यालाई पनि समाधान गर्नुपर्नेछ ।’
प्रतिक्रिया 4