News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता रामचन्द्र अधिकारीले चर्चित र्यापर एसटी म्यानको गीत 'सिनेमा' मा हिपहप अवतारमा क्यामियो भूमिका निभाएका छन्।
- यो भिडियोमा सोमिया बराइली पनि देखिएकी छिन् र भिडियोले अहिलेसम्म ११ लाखभन्दा बढी भ्युज पाएको छ।
- रामचन्द्र अधिकारीले टिकटकबाट गीतको प्रचारप्रसार हिपहप अवतारमा गरिरहेका छन्।
काठमाडौं । टिभी श्रृंखला ‘मेरी बास्सै’मा गोक्ते काजी (काजी बा) को भूमिकामा प्रसिद्ध अभिनेता रामचन्द्र अधिकारी यतिबेला चर्चामा छन् ।
नहोस् पनि किन ? अहिलेका चर्चित र्यापर एसटी म्यानको नयाँ सांगीतिक भिडियो ‘सिनेमा’ मा उनी हिपहप अवतारमा प्रस्तुत छन् ।
छोटो तर आकर्षक भूमिकाले उनलाई जेनजी दर्शकमाझ चर्चा दिइरहेको छ । यो रोमान्टिक भिडियोको अन्त्यतिर काजी बालाई क्यामियो रोलमा देख्न सकिन्छ ।
अनुहारमा लिपस्टिकको छाप लगाएको हुलियामा उनी देखिएका छन् । भिडियोमा सोमिया बराइली हट देखिएकी छिन् ।
सम्भवतः काजी बाको हिपहप भिडियोमा अभिनय गरेको यो पहिलो अवसर हो । उनले यो गीतको प्रचारप्रसार पनि टिकटकबाट हिपहप अवतारमा प्रस्तुत भएर गरिरहेका छन् ।
प्रशस्तै कथानक फिल्म र सिरियलमा अभिनय अनुभव बटुलेका रामचन्द्र अधिकारी अहिलेका प्रिय कलाकारमध्ये हुन् ।
भिडियोलाई अहिलेसम्म ११ लाखभन्दा धेरै पटक हेरिएको छ ।
प्रतिक्रिया 4