+
+
Shares

एमच्याम नेपाल एशिया–प्रशान्त एमच्याम्समा समावेश

नेपालको निजी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि

यो उपलब्धि नेपालको निजी क्षेत्रका लागि एतिहासिक र महत्वपूर्ण भएको एमच्यामको भनाइ छ । एमच्याम नेपालले अमेरिकी चेम्बर अफ कमर्शअन्तर्गत विश्वव्यापी रूपमा मान्यता प्राप्त १३०औँ चेम्बरका रूपमा आफ्नो स्थान बनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १०:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमच्याम नेपालले औपचारिक रूपमा एशिया–प्रशान्त एमच्याम्सको सदस्यता प्राप्त गरेको छ।
  • यस सदस्यताले नेपाललाई २० भन्दाबढी अमेरिकी चेम्बरहरूको सञ्जालमा स्थान सुरक्षित गरेको छ।
  • एमच्याम नेपालका सदस्यहरूले प्रमुख क्षेत्रीय व्यापार सम्मेलन र नीति संवादमा पहुँच पाउनेछन्।

१९ कात्तिक, काठमाडौँ। अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले औपचारिक रूपमा एशिया–प्रशान्त एमच्याम्स (एमच्याम अफ एसिया प्यासिफक)को सदस्यता प्राप्त गरेको छ । सदस्यता प्राप्त गरेसँगै नेपालले २० भन्दाबढी अमेरिकी चेम्बरहरूको महत्वपूर्ण सञ्जालमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो उपलब्धि नेपालको निजी क्षेत्रका लागि एतिहासिक र महत्वपूर्ण भएको एमच्यामको भनाइ छ । एमच्याम नेपालले अमेरिकी चेम्बर अफ कमर्शअन्तर्गत विश्वव्यापी रूपमा मान्यता प्राप्त १३०औँ चेम्बरका रूपमा आफ्नो स्थान बनाएको छ।

यससँगै नेपालले भारत, चीन, अष्ट्रेलिया, जापान, थाइल्याण्ड जस्ता क्षेत्रीय एमच्याम्ससँगै आफ्नो व्यावसायिक नेटवर्कलाई थप सशक्त बनाएको छ ।

गत अक्टोबर २९ मा आयोजित एमच्याम अफ एसिया प्यासिफकको बोर्ड बैठकमा एमच्याम नेपाललाई औपचारिक रूपमा नयाँ सदस्यको रूपमा स्वागत गरिएको थियो । एमच्याम नेपालका कार्यकारी निर्देशक अमीर थापाले यसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालको अमेरिकी व्यापार सहभागिता प्रवर्द्धन र दुई देशबीचको व्यापार सम्बन्ध विस्तारमा आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले विगत तीन वर्षमा चेम्बरको वृद्धि, सदस्यता र अभिव्यक्ति पहलबारे पनि जानकारी दिएका थिए ।

एमच्याम अफ एसिया प्यासिफक नेटवर्कमार्फत एमच्याम नेपालका सदस्यहरूले अब प्रमुख क्षेत्रीय व्यापार सम्मेलन, नीति संवाद र अभिव्यक्ति प्लेटफर्महरूमा पहुँच पाउनेछन् । जसमा वार्षिक एमच्याम नेपाल अथवा एसिया प्यासिफिक विजनेश समिट र अमेरिकी राजधानी वाशिङटनमा हुने डोरनक डेजिग्नेसन समावेश छन् । यसबाट नेपालको व्यापारिक सम्भावना बढाउने, अवसर सृजना गर्ने र विदेशी साझेदारी आकर्षित गर्न अवसर प्रदान गर्नेछ ।

एमच्याम नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले भने, ‘नेपाल रणनीतिक रुपमा महत्वपूर्ण मोडमा छ । उक्त सदस्यताले नेपाललाई एशियाको व्यापारिक संवादमा केन्द्रमा ल्याउँछ र हाम्रो दृष्टिलाई थप बलियो बनाउँछ।’ योसँगै संस्थापक अध्यक्ष अजित विक्रम शाहले नेपालका उद्यमीहरूले अब क्षेत्रीय मञ्चमा आफ्नो आवाज राख्ने मौका पाएको उल्लेख गर्नुभयो ।

नेपालमा हाल ६१ भन्दाबढी विश्वस्तरीय कम्पनी सञ्चालनमा छन् । एमच्यामको नयाँ क्षेत्रीय भूमिकाले नेपालको निजी क्षेत्रको वृद्धि, लगानी र अवसरलाई तीव्र बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?