News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई तत्काल सर्वपक्षीय बनाउनुपर्ने बताएका छन्।
- विप्लवले नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लड्दै आएको र सरकार गठनमा पार्टीलाई सोधिएको नभएको आक्रोश पोखेका छन्।
- उनले सर्वपक्षीय सरकारले संविधान पुनर्लेखन गरी राज्यका अंगको पुनःसरचना गर्नुपर्ने माग गरेका छन्।
२० कात्तिक, काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिमा सरकारलाई तत्काल सर्वपक्षीय बनाउनुपर्ने बताएका छन् ।
सर्वपक्षीय सरकारको माग गर्दै नेकपाले बिहीबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभामा विप्लवले सरकारको नेतृत्व गरिरहेकाहरू आक्रोश पोखेका हुन् ।
आफ्नो पार्टी नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेको बताउँदै विप्लवले तर अन्तरिम सरकार गठन गर्दा एक पटक पनि नसोधेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘सुशीलाजीको नेतृत्वको अन्तरिम सरकारलाई छिटो भन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकार बदल्न जरुरी छ, यो सरकारमा को आयो ? किन आयो ? कसले ल्यायो ? नेकपा १२ वर्षदेखि भ्रष्टचारका विरुद्ध लड्दै छ नेकपालाई किन सोधिएन ?’
सुशासनका लागि भ्रष्टाचारका विरुद्ध लड्ने अन्य दल, नागरिक अगुवा, पत्रकार कसैसँग पनि अन्तरिम सरकार गठनमा सुझाव नलिइएको भन्दै विप्लवले तत्काल सर्वपक्षीय सरकार बनाउनुपर्ने माग गरे ।
सर्वपक्षीय अन्तरिम सरकारले विशेष अधिकार प्रयोग गरेर संविधान पुनर्लेखन गरी राज्यका अंगको पुन:सरचना गर्नुपर्ने उनको माग छ ।
प्रतिक्रिया 4