+
+
Shares

ओलीको जिकिर- राष्ट्रपतिले संसद् भंगको सिफारिस गर्न हुँदैन थियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १८:२७

२० कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं नि:वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गरे ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको ओलीको भनाइ छ ।

‘संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नु भएको छ । गर्नु हुँदैन थियो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौं । त्यसका लागि आन्दोलन गर्दछौँ । र अगाडि बढछौं,’ ओलीले भने ।

संविधान विपरित प्रतिनिधि सभा विघटन गरेकाले आफूहरूले त्यसको पुन:स्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो ।

‘यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भंग गरेको हो ?  भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो । यो असंवैधानिक ढंगले भंग गरेको छ । सिफारिस गर्ने हैसियतनै नभएकाहरूले सिफारिस गरेको छ,’ ओलीको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?