News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले १२ कात्तिकमा दिएको राजीनामा गृह मन्त्रालयले २० कात्तिकमा स्वीकृत गरेको छ।
- रानाभाटले पारिवारिक कामका कारण राजीनामा दिएको बताएका थिए।
- रानाभाट एसपीबाट एसएसपी बढुवा हुँदा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए।
२० कात्तिक, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले दिएको राजीनामा स्वीकृत भएको छ ।
सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रहेका रानाभाटले १२ कात्तिकमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।
रानाभाटले दिएको राजीनामा कानुनी प्रावधान अनुसार आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाएका थिए ।
रानाभाटको राजीनामा बिहीबार स्वीकृत गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
आफूले पारिवारिक कामका कारण राजीनामा दिएको बताएका थिए । रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4