News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा जारी छ।
- सरकारले कर्मचारी कटौतीको निर्णय गरेपछि संघीय संसद्का पदाधिकारीहरूले १७ कात्तिकमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर असन्तुष्टि जनाएका थिए।
- संघ र प्रदेशका पदाधिकारीहरूले राष्ट्रपतिलाई र शनिबार प्रधानमन्त्रीलाई सामूहिक भेट गरी कर्मचारी कटौती निर्णय सच्याउन आग्रह गर्ने तयारी गरेका छन्।
२१ कात्तिक, काठमाडौं। संघीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा जारी बैठकमा प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसद्का महासचिव, सचिव लगायत उपस्थित छन्। यस्तै, विभिन्न पाँचवटा प्रदेशका सभामुख तथा उपसभामुख र प्रदेश सभाका अन्य पदाधिकारी सहभागी छन्।
बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कोशीका सभामुख–उपसभामुख उपस्थित छन्। बागमतीका सभामुखले राजीनामा दिएकाले अनुपस्थित छन्।
कर्णाली प्रदेशका सभामुख विदेश भ्रमणमा छन् भने सदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुख पनि अनुपस्थित छन्।
जेन–जी आन्दोलनपछि बनेको वर्तमान सरकारले खर्च कटौती भन्दै संघीय संसद्का पदाधिकारी तथा सांसदले पाउँदै आएको कर्मचारी कटौतीको निर्णय गरेपछि संघीय संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट छ।
बैठकमा यही विषयमा छलफल चलिरहेको एक पदाधिकारीले जानकारी दिए। सरकारले कर्मचारी कटौतीको निर्णय गरेपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीले १७ कात्तिकमा प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि जनाएका थिए।
प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा सभामुख र अध्यक्ष लगायतले संघीय संसद् राष्ट्रको एक प्रमुख अंग भएकाले कर्मचारी कटौतीले कामकारबाहीमा प्रत्यक्ष असर परेको भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा अर्थमन्त्री, अर्थमन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेर आवश्यक निर्णय लिने बताएकी थिइन्।
जारी छलफलपछि संघ र प्रदेशका पदाधिकारीले राष्ट्रपतिलाई र भोलि शनिबार प्रधानमन्त्रीलाई सामूहिक भेटगरी निर्णय सच्याउन आग्र गर्ने तयारी गरेका छन्।
प्रतिक्रिया 4