२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझीले विगत चारवर्षमा महाधिवशेनका लागि तयारी हुन नसकेको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा शुक्रबार बोल्दै रायमाझीले चारवर्षे अवधि सकिने पहिले नै सबैलाई थाहा भएको बताए ।
‘चार वर्ष अघि नै मंसिर २७ आउँछ भन्ने थाहा थियो । तपाईलाई किन सुतेर बस्नुभयो । अनि अहिले भर्खरै चाहियो तपाईंलाई ? अनि रोक्नु पनि पर्ने तपाईंलाई फेरि ?’ रायमाझीले नेतृत्वलाई प्रश्न गरे ।
सहमतिमा महाधिवेशन गर्ने र चुनावमा भाग लिने दुबै काम कांग्रेसले गर्न बताए । फागुनमा चुनाव हुनेमा शंका रहेको उनले बताए । संसद पुनर्स्थापना हुनसक्छ भने त्यसको बाटोमा किन नलाग्ने ? भन्दै नेतृत्वसँग सोधे ।
प्रतिक्रिया 4