२२ कात्तिक, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले लिन लागेको विश्वासको मतको मत विभाजन प्रक्रिया सुरु भएको छ ।
केहीबेर अघिबाट मत विभाजन प्रक्रिया सुरु भएको हो ।
बैठकमा सुरुमा प्रतिपक्षी मात्र उपस्थित थिए । अहिले केही सत्तापक्षका सांसदहरू पनि पुगेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केहीबेर प्रक्रिया रोक्न माग गरेको छ ।
सभामुख रामचन्द्र मण्डलले मत विभाजन प्रक्रिया सुरु गरेका छन् ।
१०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो । जनमतबाट जनस्वाराज पार्टीमा सनाखत गरेका निवर्तमान मुख्यमन्त्री सतिशकुमारसिंह र त्रिभुवन शाह प्रदेश सभामा अनुपस्थित छन् ।
मधेश प्रदेश सभामा सत्ता गठबन्धन लोसपाको ८, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ ।
नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर मत दिने आश्वासन दिएको संघीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित छिन् ।
माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले आज सदनमै विद्रोह गरेका छन् ।
प्रतिक्रिया 4