+
+
Shares

मकवानपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु, गोरखामा माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको हेटौँडा–९ मा बसले ठक्कर दिँदा अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको छ।
  • गोरखाको सिरानचोक गाउँपालिका–४ मा माइक्रोबस दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्।
  • दुर्घटनामा परी गम्भीर घाइते आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतोलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।

काठमाडौं । मकवानपुर र गोरखामा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

गएराति मकवानपुरको हेटौँडा–९ माष्टरचोकस्थित बागमती प्रदेश ०३–००१ख २६५६ नम्बरको बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षीय पैदल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक महोत्तरीको रामगोपालपुर–६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी गोरखाको सिरानचोक गाउँपालिका–४, चोरकाटेस्थित घुम्तीमोडमा भएको माइक्रोबस दुर्घटनामा चालकसहित १७ यात्रु घाइते भएका छन् ।

भच्चेकबाट आबुखैरेनीतर्फ जाँदै गरेको बा ४ ख ६०४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी आठ वर्षीया स्वरिनल चौधरी, ४३ वर्षीया लक्ष्मी चौधरी र ३६ वर्षीया पवित्रा महतो गम्भीर घाइते भएका छन् । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

घाइते अधिकांश चितवनको खैरेनी नगरपालिका घर भएका रहेका खुल्न आएको प्रहरीले जनाएको छ । उक्त माइक्रोबसमा १९ यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?