Photo Credit : RSS
२३ कात्तिक, काठमाडौं । नेपाल टेलिभिजनको अंग्रेजी च्यानल ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु भएको छ । सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सवको अवसर पारेर आजदेखि ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज एक विशेष समारोहमा ‘एनटिभी वर्ल्ड’को प्रसारण औपचारिक शुभारम्भ गरे ।
अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझिने सामग्री अंग्रेजी च्यानलमा समावेश गरिने र नेपाललाई विश्वमाझ अझ परिचित गराउने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए । उनले ‘एनटिभी वर्ल्ड’ चौबिसै घण्टा प्रसारण हुने बताए ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा नै नेपाल टेलिभिजनको अंग्रेजी च्यानलका रूपमा एनटिभी वर्ल्ड सञ्चालन गर्ने कार्यक्रम राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4