News Summary
Generated by OK AI. Editorially reviewed.- अन्तर्राष्ट्रिय कलाकार महासंघको चुनावी सभामा नेपालबाट अभिनेता सुनील कटुवालले प्रतिनिधित्व गर्ने भएका छन्।
- कटुवाल नोभेम्बर ९ देखि १६ सम्म बेलायतको बर्मिङ्घममा हुने सभामा भाग लिन आइतबार बेलायततर्फ उडेका हुन्।
- सभामा करिब ४० देशका कलाकार संघका प्रतिनिधि सहभागी हुनेछन् र मुख्य कार्यक्रम सिम्फोनी हलमा आयोजना हुनेछ।
काठमाडौं । अन्तर्राष्ट्रिय कलाकार महासंघको चुनावी सभामा नेपालको प्रतिनिधित्व अभिनेता सुनील कटुवालले गर्ने भएका छन् ।
नेपाल चलचित्र कलाकार संघको प्रतिनिधिको रुपमा उनी आइतबार बेलायततर्फ उडेका हुन्, जहाँ उनले सभामा भाग लिनेछन् ।
नोभेम्बर ९ देखि १६ तारिखसम्म बेलायतको बर्मिङ्घम सहरमा चुनावी सभा आयोजना गरिएको छ ।
कलाकार संघका कोषाध्यक्ष समेत रहेका कटुवाल सभामा नेपाल कलाकार संघको एक्लो प्रतिनिधि हुन् । बेलायतमा हुने उक्त कार्यक्रममा करिब ४० देशका कलाकार संघका प्रतिनिधि सहभागी हुनेछन् ।
सम्मेलनको मुख्य कार्यक्रम बर्मिङ्घमको प्रतिष्ठित सिम्फोनी हलमा हुनेछ । त्यसबीच अन्तरक्रिया तथा विभिन्न कार्यक्रम हुनेछन् । कटुवाललाई कलाकार संघले एक कार्यक्रम गर्दै बिदाइ समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4