२३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको नक्सालस्थित भाटभटेनी सुपरमार्केटको भवन भत्काउन थालिएको छ ।
भग्नावशेषमा परिणत भएको भवनलाई भत्काउने क्रममा आइतबार दुई जना घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका–१ का ३३ वर्षीय राजकुमार स्याङ्तान र २५ वर्षीय दीपक तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले अनलाइनखबरलाई जानकारी दिए ।
उनीहरूलाई उपचारका लागि अहिले अस्पताल लगिएको एसपी भट्टराईले बताए ।
भदौ २४ गते जेनजी आन्दोलनका नाममा प्रदर्शनकारीले नक्सालको भाटभटेनीमा आगजनी गरेका थिए ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरमा रहेका भाटभटेनी सुपरमार्केटका अन्य स्टोरमा पनि आगजनी र लुटपाट भएको थियो । आगलागीले भवन जीर्ण बनेकाले मर्मत र सरसफाइको काम समेत जोखिमपूर्ण बनेको छ ।















प्रतिक्रिया 4