+
+
Shares

मधेशमा ठूलो दलको नेतृत्वमा सरकार गठनको आशंका, साना दल पुगे प्रदेश प्रमुख कार्यालय

एमाले नेतृत्वमा सरकार गठनको आशंका बढेपछि त्यो प्रक्रिया रोक्नका लागि अन्य दल एकत्रित भएका छन्। कांग्रेस लगायतका सबै दलहरु अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ कात्तिक २३ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेशमा एमाले नेतृत्वमा सरकार गठनको प्रक्रिया रोक्न कांग्रेस लगायतका दलहरु प्रदेश प्रमुखको कार्यालयमा एकत्रित भएका छन्।
  • मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि दुई वा बढी दलको संलग्नतामा बनेको सरकारले विश्वासको मत प्राप्त नगर्ने भएपछि नयाँ सरकार गठनको पहल भइरहेको छ।
  • दलहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्नुपर्ने माग गर्दै उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा सरकार गठन हुन नदिन प्रयास गरिरहेका छन्।

२३ कार्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुखले सबैभन्दा ठूलो दल एमाले नेतृत्वमा सरकार गठनको आशंका बढेपछि त्यो प्रक्रिया रोक्नका लागि अन्य दल एकत्रित भएका छन्। कांग्रेस लगायतका सबै दलहरु अहिले प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

शनिबार दुई वा दुईभन्दा बढी दलको संलग्नतामा बनेको सरकारलेले विश्वासको मत प्राप्त नगर्ने अवस्थामा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि त्यहाँ नयाँ सरकार गठनको पहल भइरहेको छ। त्यसक्रममा एमालेको सिफारिसमा प्रदेश प्रमुख बनेकी सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको प्रक्रिया अघि बढाउने हुन् कि भन्ने आशंका अन्य दलको छ ।

सरकार गठनको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ नभई ३ बमोजिम भनिएको छ । काग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव सामूहिक रुपमा प्रदेश प्रमुख कार्यालयमा खबरदारीमा पुगेका छन्। त्यसमा जसाप नेपाल, जनमत, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपासहितका दलका नेता तथा सांसदहरु छन् ।

संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन हुनुपर्ने दलहरुको माग छ।

उपधारा ३ बमोजिम गए ठूलो दलको हैसियतमा आह्वान भएमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री बन्ने सम्भावना रहन्छ। यो हुन नदिन कांग्रेस मधेश केन्द्रित दलहरुको कित्तामा आइपुगेको हो।

यता, मधेश प्रदेश भवन अगाडि खबरदारीका लागि नेतासँगै कार्यकर्ताहरू समेत उपस्थित भएका छन्। उनीहरूले बाहिर नाराबाजी समेत गरिरहेका छन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?