News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग टिम जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि 'फेस अफ द बोल्ट्स' घोषणा गरेको छ।
- आइतबार काठमाडौंमा भएको कार्यक्रममा पूजालाई पुनः 'फेस अफ द बोल्ट्स'को रूपमा घोषणा गरिएको थियो।
- कार्यक्रममा जनकपुर बोल्ट्सको नयाँ जर्सी पनि सार्वजनिक गरिएको थियो।
२३ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपीएल) टिम जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ ।
आइतबार काठमाडौंमा भएको एक कार्यक्रममार्फत पुजालाई ‘फेस अफ द बोल्ट्स’को रूपमा पुन: घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै पूजाले फेरि फेस अफ द बोल्ट्स बनाएकोमा टिमलाई धन्यवाद दिइन् । ‘जनकपुर बोल्ट्सको सम्पूर्ण टिमलाई मलाई फेरि फेस अफ बोल्ट्स बनाउनुभएकोमा धन्यवाद, यो सहकर्यमा म खुशी छु’ पूजाले भनिन्, ‘लास्ट टाइम च्याम्पियन हुनु भएको थियो यो पालि पनि च्याम्पियन हुनुस्।’
कार्यक्रममा टोलीको जर्सी पनि सार्वजनिक भएको छ । जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा, पूजा महतो, नेपाल लुब ओयल लिमिटेडका एमडी करण चाैधरीले जर्सी रिभिल गरे ।
जनकपुरले यसअघि विदेशी खेलाडीका रूपमा लाहिरु मिलान्थालाई दोस्रो संस्करणका लागि पुन: दोहोर्याएको छ भने दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिरलाई अनुबन्ध गरिसकेको छ ।
प्रशिक्षकमा वेस्ट इन्डिज लेजेन्ड शिवनराइन चन्द्रपल छन् ।
प्रतिक्रिया 4