+

जनकपुर बोल्ट्सको प्रशिक्षकमा दिग्गज पूर्वखेलाडी शिवनराइन चन्द्रपल

२०८२ असोज  २७ गते ८:१७ २०८२ असोज २७ गते ८:१७
जनकपुर बोल्ट्सको प्रशिक्षकमा दिग्गज पूर्वखेलाडी शिवनराइन चन्द्रपल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनराइन चन्द्रपल जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
  • चन्द्रपलले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका छन् र फर्स्ट क्लास क्रिकेटमा २७ हजारभन्दा बढी रन छन्।
  • उनीले सीपीएल टोली जमैका तलाहवाज र अमेरिकी महिला टोलीको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।

२७ असोज, काठमाडौं । वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनराइन चन्द्रपल नेपाल प्रिमियर लिग (एनपीएल)को साविक विजेता टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

जनकपुरले सोमबार विहान चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । चन्द्रपल वेस्ट इन्डिजका महान् ब्याटरमध्ये एक हुन् ।

दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका चन्द्रपालले अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका छन् । उनले टेस्टमा ११ हजार ८ सय भन्दा बढी रन बनाउँदा ओडिआईमा ८ हजार ७०० भन्दा बढी रन बनाएका छन् ।

अद्वितीय ब्याटिङ शैलीका कारण चिनिएका उनी वेस्ट इन्डिजका सबैभन्दा सफल र निरन्तर प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन्। उनको फर्स्ट क्लास क्रिकेटमा २७ हजार भन्दा बढी रन छ ।

‘जनकपुर बोल्ट्सले मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालसँग दीर्घकालीन सम्झौता गरेको छ । हामी विश्व क्रिकेटका तीव्र गतिमा बढ्दै गइरहेका लिगहरूमध्ये एकमा आफ्नो विरासतलाई अझ अगाडि लैजान प्रतिबद्ध छौं’ बोल्ट्सका निर्दशक निरोज खतिवडाले भनेका छन्, ‘उनको उपस्थितिले हाम्रो प्रशिक्षक टोलीलाई स्थायित्व दिनुका साथै स्वदेशी जनशक्तिलाई सिक्न र बढ्न प्रेरित गर्नेछ । खेलका महान् दिग्गजका रूपमा उहा“ले नया“ विचार, रणनीति र दृष्टिकोण ल्याई बोल्ट्सलाई फेरि पनि विजेता बनाउने यात्रालाई बल दिने विश्वास छ।’

खेल जीवनपछि कोचिङमा सक्रिय चन्द्रपलले अब एनपीएलको दोस्रो संस्करणमा जनकपुर बोल्ट्सलाई प्रशिक्षण दिने छन्। उनले सीपीएल टोली जमैका तलाहवाजको प्रशिक्षकका रूपमा काम गरेका छन् भने अमेरिकी महिला टोलीको पनि प्रशिक्षक रहिसकेका छन् ।

पहिलो सिजनमा जनकपुरको प्रशिक्षक पुबुदु दासानायके थिए ।

जनकपुर बोल्ट्स शिवनराइन चन्द्रपल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय