+
+
Shares

भोलि एमालेमा समाहित हुँदै रामकुमारी झांक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते २०:४१

२३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएकी नेतृ रामकुमारी झांक्री एमाले फर्कने भएकी छिन् ।

भोलि काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमकाबीच झांक्री एमाले फर्कन लागेकी हुन् ।

एमालेले सोमबार दिउँसो साढे २ बजे ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा आफूहरूकै अभियान भएको भन्दै कार्यक्रममा सहभागी हुन झांक्रीले आह्वान गरेकी छिन् ।

‘यो अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो । हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो,’ उनले भनेकी छिन् ।

साथै, उनले राजनीति जीवनको उतारचढाव भएको पनि बताएकी छिन् ।

‘मेरो राजनितिक जीवनको उतारचढाव हो यो । तपाईंहरूप्रतिको मेरो उत्तरदायित्व सधै रहनेछ,’ झांक्रीले भनेकी छिन्, ‘खासगरी गत निर्वाचनमा म तपाईहरू विचमा आएँ आफ्नो दल बिर्सेर वा मलाई आफ्नो ठानेर वा मलाई आफैं जस्तो ठान्नु भयो । यो सहयोग, सदभाव र स्नेहलाई सधै मानष्पटलमा राख्नेछु,’ उनले भनेकी छिन् ।

उनले पार्टीले गरेको एकताको निर्णयमा असहमति जनाउँदै आएकी थिइन् ।

‘मैले केही निर्णय लिदैछु । यसलाई हजुरहरूले सामान्य रूपमा लिनको लागि हार्दिक अनुरोध गर्दछु,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?