+
+
Shares

व्यक्तिगत अवसर र लाभका लागि एमालेमा फर्किएको होइन : रामकुमारी झांक्री

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:२५

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेमा समाहित भएकी नेतृ रामकुमारी झांक्रीले आफू कुनै व्यक्तिगत अवसर र लाभका लागि एमालेमा नफर्किएको दाबी गरेकी छिन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानमार्फत पार्टी प्रवेश गरेकी उनले सम्बोधनको क्रममा हजारौं पार्टी सदस्यहरूले प्राप्त गर्ने अवसरमा लामबद्ध हुन एमालेमा आएको बताइन् ।

‘सुस्केरा काढ्ने एउटै फलैचामा बसेकै राम्रो हुन्छ । बाँकी नौजवान साथीहरू आउनुस्, गोलबन्द बनौं । रामकुमारी झांक्री कुनै अवसर खोजेर न हिजो हिँडेको न आज हिँडेको,’ उनले भनिन्, ‘म आज भन्दैछु, सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन । अवसरहरू निर्माण गर्न हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ । व्यक्तिगत अवसर र लाभका लागि होइन ।’

देशमा भएको क्षतिको रिकभर गर्नका लागि एमाले नै उठ्नपर्ने बेला भएको जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?