News Summary
Generated by OK AI. Editorially reviewed.- पपस्टार माइकल ज्याक्सनको जीवनीमा आधारित बायोपिक फिल्म ‘माइकल’ को टिजरले २४ घण्टामा ११ करोड ६० लाख युट्युब भ्यूजको कीर्तिमान राखेको छ।
- फिल्ममा माइकलको भूमिकामा उनका भतिजा जाफर ज्याक्सनले अभिनय गरेका छन् र यो फिल्म सन् २०२६ को अप्रिल २४ मा रिलिज हुने तय भएको छ।
- ‘माइकल’ को टिजरले अन्य म्युजिकल बायोपिक फिल्मको टिजर भ्यूजलाई उछिनेको छ र यसलाई एन्टोइन फुकुवा निर्देशित गरेका छन्।
लस एन्जलस । पपस्टार माइकल ज्याक्सनको जीवनीमा आधारित बायोपिक फिल्म ‘माइकल’ को टिजरले युट्युब भ्यूजमा कीर्तिमान रचेको छ ।
संगीत जगत र आफ्ना गीतले प्रशंसकको मनमा राज गरेका ज्याक्सनको ५० वर्षको उमेरमा निधन भएको थियो । उनको जीवनबारे आधारित बायोपिक फिल्मको टिजर यसैसाता रिलिज भएको थियो ।
उनको भतिजा जाफर ज्याक्सनले फिल्ममा माइकल भूमिकामा अभिनय गरेका छन् । टिजरले २४ घण्टामा ११ करोड ६० लाख भ्यूजको रेकर्ड राख्यो ।
“माइकल“ बायोपिकले “पपका राजा“ को जीवनलाई नजिकबाट दर्शाउनेछ । एन्टोइन फुकुवाद्वारा निर्देशित यो फिल्म सन् २०२६ को अप्रिलमा रिलिज हुने तय भएको छ ।
‘डेडलाइन रिपोर्ट’ अनुसार, टिजरले अन्य ‘म्युजिकल बायोपिक’ फिल्मको टिजरको सोही अवधिको भ्यूज संख्यालाई उछिनेको छ ।
फिल्ममा जुलियानो क्रु-भाल्डीले जवान माइकलको भूमिकामा अभिनय गरेका छन् । कोलम्यान डोमिंगोले जो ज्याक्सनको भूमिकामा, निया लङले क्याथरिन ज्याक्सनको भूमिकामा, क्याट ग्राहमले डायना रसको भूमिकामा अभिनय गरेका छन् ।
“माइकल“ भन्दा राम्रो प्रदर्शन गर्ने अन्य टिजर ट्रेलरमा “टेलर स्विफ्ट : द इरास टुर“ समावेश छ, जसलाई ९ करोड ६१ लाख भ्यूज प्राप्त भएको थियो । “बब मार्ले : वान लभ“ ले ६०.१ मिलियन, “बोहेमियन र्याप्सोडी“ ले ५७.६ मिलियन र बब डिलनको “अ कम्प्लीट अननोन“ ले ४७.२ मिलियन भ्यूज थिए ।
“माइकल“ अप्रिल २४, २०२६ मा रिलिज हुनेछ ।
प्रतिक्रिया 4