+
+
Shares

भौतिक संरचना पुनर्निर्माण कोषमा जुट्यो ७ करोड ५२ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनबाट क्षति भएका संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि ७ करोड ५२ लाख रुपैयाँ कोषमा जम्मा भएको छ।
  • भौतिक पुनर्निर्माण समितिको बैठकले कोषबाट ३ करोड ५० लाख रुपैयाँ सार्वजनिक संरचनाको इन्जिनियरिङ डिजाइन र मर्मतसम्भारमा खर्च गर्ने निर्णय गरेको छ।
  • बैठकले कोष र समितिको काम सार्वजनिक र पारदर्शिता कायम गर्न https://www.rebuildnepal.gov.np वेवसाइट सञ्चालन गर्ने निर्णय गरेको छ।

२४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरिएको कोषमा हालसम्म ७ करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन गठित भौतिक पुनर्निर्माण समितिको सोमबार अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा बसेको बैठकमा सोबारे जानकारी दिइएको हो ।

बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गर्न, पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय गरेको छ ।

देशभरका सरकारी तथा सार्वजनिक भवनको विस्तृत इन्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न साढे तीन करोड रुपैयाँ विनियोजन गरिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग र संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमार्फत् कार्यान्वयन हुने कार्यक्रमका लागि क्रमश : दुई करोड र साढे एक करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, सोही विभागबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन दुई करोड रुपैयाँ विनियोजन गरिएको छ ।

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयबाट कार्यान्वयन हुने गरी सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन एक करोड रुपैयाँ विनियोजन गरिएको छ । विभागमार्फत आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका कार्यक्रममा सञ्चालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बैठकले कोषमा संकलन भएको रकम एवम् भौतिक पूर्वाधार पुनर्निर्माण समितिको कामलाई सार्वजनिक र पारदर्शिता कायम गर्न छुट्टै वेवसाइट https://www.rebuildnepal.gov.np  सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?