+
+
Shares

सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान  

जेनजी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १८:०६

८ असोज, काठमाडौं । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।

५ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो ।

सोही आदेश अनुसार कोष खडा गरी योगदान गर्न सबैलाई आह्वान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।

कोषमा योगदान गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिकसँग आह्वान गरिएको छ । साथै, गैरआवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समेत सहयोगका लागि आह्वान गरिएको छ ।

यस्तो आर्थिक सहायता योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने भएको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको छ । साथै, क्यूआर कोडसमेत सार्वजनिक गरेको छ ।

सरकारले पुनर्निर्माणका लागि अर्थमन्त्रीकाे नेतृत्वमा समिति गठन गरिसकेकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?