News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ अघि टोलटोलमा युवाहरूको दस्ता बनाउन चुकेको बताएका छन्।
- ओलीले मंसिर ५ बाट राष्ट्रियस्तरको युवा दस्ता निर्माण थाल्ने बताए।
- उनले एमालेले २४ भदौको जस्ता घटना हुन नदिने र आगजनी गर्ने छुट कसैलाई नदिने दावी गरे।
२४ कात्तिक, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ अघि टोलटोलमा युवाहरूको दस्ता बनाउन चुकेको बताएका छन्।
नेकपा एकीकृत समाजवादीबाट एमाले फर्किएकाहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उनले जनताको सुरक्षा जनताले नै गर्नुपर्छ भनेर टोलटोलमा सुरक्षा समिति बनाउन चुकेको बताएका हुन्।
जनताको सुरक्षा जनताले गर्नुपर्छ भनेर टोलटोलमा सुरक्षा समिति बनाउन हामी चुक्यौं, त्यो हाम्रो गल्ती भयो,’ ओलीले भने, ‘यसप्रकारको अवस्था निर्माण गरिन्छ भनेर हामीले सोचेनौं। यतिसम्म गर्लान् भनेर सोचिएन। आफैंमाथि विश्वास गर्नुपर्छ भनेर हामीले युवा दस्ता बनाउनुपर्थ्यो, हामी त्यहाँ चुकेकै हो।’
उनले एमालेले टोलटोलमा युवा दस्ता गठन गरिरहेको भन्दै मंसिर ५ बाट राष्ट्रियस्तरको दस्ता निर्माण थाल्ने बताए।
ओलीले अब उपरान्त नेकपा एमालेले २४ भदौको जस्ता घटना हुन नदिने भन्दै आगजनी गर्दै हिँड्ने छुट कसैलाई नदिने दावी गरे।
प्रतिक्रिया 4